Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

वडाध्यक्षको हस्तक्षेपले झोलुङ्गे पुल ठप्प, पूर्वअध्यक्षको नेतृत्वमा वडा कार्यालयमा तालाबन्दी

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

दैलेख — असार ३, २०८२ 

दैलेखको डुङ्गेश्वर गाउँपालिका–३ मा झोलुङ्गे पुल निर्माणमा वडाध्यक्षको हस्तक्षेपले विकास रोकिएको भन्दै आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। तालाबन्दीको अगुवाइ गाउँपालिकाका पूर्वअध्यक्ष नगेन्द्रबहादुर मल्लले गरेका हुन्।

स्थानीयहरूका अनुसार सो वडाको नयाँ टाकुरा खोलामा २५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको काम विगत तीन महिनादेखि अवरुद्ध छ। निर्माणको जिम्मा लिई काम अघि बढाइरहेको टोलीले २०८१ माघदेखि पुल निर्माण सुरु गरे पनि वडाध्यक्ष कृष्णबहादुर खत्रीले “फजुल खर्च” भन्दै हस्तक्षेप गरेका थिए।

पूर्वअध्यक्ष मल्लले भने, “विकासमा अवरोध गर्ने, राजनीतिक इगोका कारण जनताको जीवन सरल बनाउने काम रोकिनु दुःखद हो। हामी बाध्य भएर तालाबन्दी गरेका हौँ।”

नेपाली कांग्रेसका स्थानीय नेता बखत सापकोटाले वडाध्यक्षको व्यक्तिगत निर्णयका कारण ६० घरधुरीलाई सघाउने यो परियोजना ठप्प भएको आरोप लगाए। उनका अनुसार वडाध्यक्षको स्वेच्छाचारी व्यवहारका कारण गाउँ विकासका लागि आएको स्रोत प्रयोग गर्न पाइएन।

तर वडाध्यक्ष खत्रीको भनाइ फरक छ। उनले भने, “जनताको करको पैसा अनावश्यक रूपमा खर्च नहोस् भनेर मैले काम रोकिएको हुँ। प्रक्रिया मिलाएर काम अघि बढाउनुपर्छ भन्ने मेरो अडान हो।”

सेवाग्राही मर्कामा

वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक सेवा लिन आउने सर्वसाधारण मर्कामा परेका छन्। ‘राजनीतिक झगडाले जनताको सेवा रोक्नु उपयुक्त होइन’ भन्दै स्थानीयले दुबै पक्षलाई समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन्।

  • Jigyasanepal

थप