Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

केन्याको स्कुलमा आगलागी: १७ विद्यार्थीको मृत्यु

  •   २ वर्ष अघि | २१ भदौ २०८१, शुक्रबार

काठमाडौं । केन्याको न्यरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरी स्कुलमा भएको आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बिहीबार राति भएको घटनामा कम्तिमा १७ जना विद्यार्थीले ज्यान गुमाएका छन् भने अन्य थुप्रै बालबालिका गम्भीर घाइते भएका छन्। 

प्राप्त जानकारी अनुसार, ६ देखि १४ वर्षका ८ सय विद्यार्थी अध्ययनरत उक्त स्कुलमा अचानक आगो सल्किएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको छ भने केन्याका राष्ट्रपति विलियम रुटोले यस घटनालाई विनाशकारी भन्दै छानबिनको आदेश दिएका छन्। उनले दोषीहरुलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 

प्रत्यक्षदर्शीका अनुसार आगलागीको कारणले कतिपय शवहरू पहिचान गर्नसमेत कठिनाइ भएको छ। घटनाले केन्यामा ठूलो शोक छाएको छ।

  • Jigyasanepal

थप