Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

क्रसरको खाल्डोमा डुबेर दुई नाबालक दाजुभाइको दुःखद मृत्यु, स्थानीय आक्रोशित

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

विराटनगर – मोरङको केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको खाल्डोमा डुबेर एकै परिवारका दुई नाबालक दाजुभाइको दुःखद मृत्यु भएको छ। घटनामा ६ वर्षीय रामचरण चौलागाईं र उनका दाजु १० वर्षीय भूपेन चौलागाईंको ज्यान गएको हो। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार बालबालिका डुबेको खबर दिउँसो ३:४० मा आएको थियो, र खोजी टोलीले सुरुमा रामचरणको शव खाल्डोबाट निकालेको थियो।

घटनाको बारेमा थप अनुसन्धान गर्दै जाँदा साँझमा भूपेनको शव पनि सोही खाल्डोमा भेटिएको थियो। मृतक बालकका बुवा तोयानाथ चौलागाईं सोही क्रसरमा काम गर्ने व्यक्ति हुन्। घटनामा क्रसरको चरम लापरबाही रहेको भन्दै स्थानीयबासी आक्रोशित छन्। उनीहरूले दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने चेतावनी दिएका छन्।

स्थानीयका अनुसार गिट्टी निकाल्दा बनेको ४ फिट गहिरो खाल्डो क्रसरले नपुरेकै कारण दुई बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको हो। खाल्डोको वरिपरि बालुवा र गिट्टी भण्डारण गरिएको भए पनि सुरक्षा मापदण्ड पालना नगरेकाले यो दुर्घटना भएको स्थानीयले दाबी गरेका छन्।

घटनाको जिम्मेवारी लिँदै दोषीमाथि कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ। यस क्रसरमा स्थानीय नेताहरूको पनि लगानी रहेको बताइँदैछ, जसले गर्दा घटनाले थप राजनीतिक र सामाजिक तनाव निम्त्याएको छ।

घटनाको अनुसन्धान भइरहेको छ, र प्रहरीको प्रारम्भिक अनुमान अनुसार नाबालकहरूले पौडी खेल्न खोज्दा बाहिर निस्कन नसक्दा मृत्यु भएको हो। स्थानीय आक्रोश बढेसँगै क्रसरको व्यवस्थापन र सुरक्षा मापदण्डको लापरबाहीबारे छानबिनको माग बलियो बनेको छ।


  • Jigyasa media

थप