Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

कृष्णभिरमा ग्यास बुलेट दुर्घटना, चालक र सहचालक बेपत्ता

  •   २ वर्ष अघि | २४ मंसिर २०८१, सोमवार

धादिङ, मंसिर २४ – चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय ग्यास बुलेट धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा दुर्घटनामा परेको छ। शुक्रबार बिहान भारतीय नम्बर प्लेट एनएल–०२ एल–३९०७ रहेको ग्यास बुलेट सडकबाट तल त्रिशूली नदीतर्फ खसेको हो।

दुर्घटनामा गाडीको केही भाग भिरमा अड्किएको छ भने अन्य भाग त्रिशूली नदीमा पुगेको छ। प्रहरीका अनुसार बुलेटका चालक र सहचालक अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ।

ग्यास चुहावटको सम्भावनालाई ध्यानमा राख्दै प्रहरीद्वारा स्थानीयलाई सतर्क रहन र कुनै असामान्य अवस्था देखिए तुरुन्त जानकारी दिन आग्रह गरिएको छ। खोजी कार्य जारी रहे पनि आइतबार रातिसम्म बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन।

बाजुरामा जिप दुर्घटना, दुईको मृत्यु र १० घाइते

बाजुरा – जिल्लाको मार्तडीमा आइतबार दिउँसो स्करपियो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। बडिमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरबाट फर्किने क्रममा सुपप्र–०१–००१च ४३१६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट खस्दा कञ्चनपुरकी गायत्री पन्तको घटनास्थलमै र राधिका भट्टको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, बाजुराको हिमाली गाउँपालिकामा अर्को जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। हिमाली–६ स्थित धिम गाउँमा इन्टरनेट जडानका लागि गइरहेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिपमा १३ जना सवार थिए।

धेरैजसो दुर्घटनाका कारण पहाडी भेगमा जोखिमपूर्ण सडक र अनियन्त्रित सवारी साधन रहेकोले स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।




  • Jigyasa media

थप