Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्ति: खुला आवेदनको तयारी

  •   २ वर्ष अघि | १६ पुस २०८१, मङ्लबार

काठमाडौं ।काठमाडौं विश्वविद्यालय (केयू)ले यसपटक उपकुलपति नियुक्तिका लागि खुला आवेदन माग्ने तयारी गरेको छ। उपकुलपति छनोटका लागि गठित समितिले कार्यविधि निर्माण गरिरहेको छ, जसअनुसार अब खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गरिनेछ।

छनोट समितिका संयोजक तथा पूर्वउपकुलपति सुरेशराज शर्माका अनुसार केयूले यसपटक पारदर्शी प्रक्रियाको पालना गर्दै सार्वजनिक आवेदन आह्वान गर्ने निर्णय गरेको छ। उनले भने, “अरू विश्वविद्यालयले पनि खुला आह्वान गर्न थालेका छन्। यो विधिले सबैलाई अवसर दिन्छ, त्यसैले केयूले पनि यही प्रक्रिया अवलम्बन गर्नेछ।”

यसअघि, केयूमा उपकुलपतिका लागि सिधै नाम सिफारिस गर्ने चलन थियो। तर, अब यो परम्परालाई परिवर्तन गर्दै प्रतिस्पर्धात्मक प्रक्रिया लागू गरिन लागेको हो।

हालका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल माघ ६ गते सकिँदैछ। यसैलाई ध्यानमा राख्दै नयाँ उपकुलपति चयन प्रक्रिया अघि बढाइएको हो।

समिति र प्रक्रिया

२९ मंसिरमा गठन गरिएको छनोट समितिमा संयोजक शर्माका साथै प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्यका रूपमा छन्। समितिले छिट्टै कार्यविधि सार्वजनिक गरी आवेदन प्रक्रिया सुरु गर्नेछ।

यो कदमले पारदर्शिता र योग्यताका आधारमा नेतृत्व चयनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।


  • Jigyasa media

थप