Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

स्वास्थ्यकर्मीमाथि कुटपिट: इन्चार्ज ज्ञानेन्द्र प्रसाद शाहमाथि दुर्व्यवहार

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं ।सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्ज वैद्य ज्ञानेन्द्र प्रसाद शाहमाथि कुटपिट भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले दिएको जानकारी अनुसार, शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै भीषण जिमीले कुटपिट गरेका हुन्।

जिमीले औषधि किन्ने बहानामा कार्यालयभित्रै इन्चार्ज शाहलाई आक्रमण गरेको आरोप छ। घटनापश्चात् पीडित शाहले स्थानीय प्रहरी पोस्टमा उजुरी दिए पनि आरोपित जिमीलाई सम्झाई बुझाइ मात्र गरेर छोडिएको थियो। तर, जिमीले सोही रात पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितले बताए।

यस घटनापछि शाहले सोमबार इलाका प्रहरी कार्यालयमा औपचारिक उजुरी दिएका छन्। स्वास्थ्यकर्मी र अन्य कर्मचारीमाथि बारम्बार कुटपिट र अभद्र व्यवहार भइरहेका कारण कर्मचारीले सुरक्षा माग गरिरहेका छन्। यसअघि, गत साउन १५ मा पनि नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो।

  • Jigyasa media

थप