Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

ललितपुरमा खुकुरी आक्रमणः साथीको प्रहारबाट युवकको मृत्यु

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

ललितपुर – ललितपुरको इमाडोलमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको बुधबार राति खुकुरी प्रहार गरी हत्या गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हत्यामा संलग्न भएको आशङ्कामा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, राति करिब साढे ११ बजे भएको विवादका क्रममा रसाइलीले खातीमाथि खुकुरी प्रहार गरेका थिए।

प्रहरीका अनुसार मृतकको घाँटी र गालामा गहिरो चोट लागेको छ। प्रारम्भिक अनुसन्धानमा, खातीले एक युवतीलाई जिस्काएको भन्ने जानकारी पाएपछि रसाइलीले उनलाई भेट्न बोलाएका थिए। भेट्नेबित्तिकै विवाद बढ्दै गएपछि खुकुरी प्रहार भएको बताइएको छ।

हाल प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप