Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

मलेसियाबाट १८ नेपाली निष्कासित

  •   २ वर्ष अघि | ७ फाल्गुन २०८१, बुधबार

काठमाडौं – वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने मलेसियाबाट १८ जना नेपालीलाई निष्कासन गरिएको छ।

मलेसियामा लाखौं नेपाली विभिन्न कम्पनीहरूमा कार्यरत छन्। तर, कतिपय कानुनी प्रक्रिया पूरा गरी पुगेका भए पनि केही अनियमित तरिकाले बसेका कारण त्यहाँको अध्यागमनले समय-समयमा कारबाही गर्दै आएको छ।

ताजा घटनामा, मलेसियाको अध्यागमन विभागले कानुनविपरीत बसोबास गरिरहेका १८ नेपालीलाई पक्राउ गरी निष्कासन गरेको हो। उनीहरूलाई मलिन्दो एयरलायन्समार्फत नेपाल फर्काइएको बताइएको छ।

निष्कासितमध्ये चन्द, तामाङ, चौधरी, बलोन, बुढाथोकी, श्रेष्ठ, तमेली, यादव, सार्की, घर्तीमगर, शेर्पा, कानु, आले मगर, सुनार, रिमाल, यादव, लिम्बु, र तामाङ थरका नेपाली नागरिक रहेका छन्।

यसअघि पनि मलेसिया सरकारले गत पुसमा १३ जना र मंसिरमा २६ जना नेपालीलाई निष्कासन गरिसकेको थियो।

👉 कानुनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगारमा जानुहोस्! अनियमित बसोबासले समस्यामा पार्न सक्छ।

  • Jigyasa media

थप