Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

मन्दिरका लागि पानी बोकेको ट्याक्टर दुर्घटना, दुईको मृत्यु

  •   २ वर्ष अघि | १४ फाल्गुन २०८१, बुधबार

धादिङ ।धादिङको गल्छी गाउँपालिका–३ मा मन्दिरमा पानी पुर्‍याउने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका लागि लगिएको भए पनि बचाउन सकिएको थिएन।

बुधबार बिहान आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर गुप्तेश्वर भिरस्थित कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई करीब ५०० मिटर तल खसेको थियो।

घटनामा १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश हमालले जानकारी दिए।

यसैगरी, दुर्घटनामा संलग्न ट्याक्टर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप