Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर मौसमी चपेटा : आज पनि कतै चट्याङ, कतै हावाहुरी, कतै हिमपात! सतर्क रहन आग्रह

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

१७ वैशाख, काठमाडौं ।

देशभर फेरि पनि मौसम अस्थिर बन्ने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो भू-भागमा वर्षा, चट्याङ, हावाहुरी र हिमपातको सम्भावना देखिएको छ।

महाशाखाले जानकारी दिएअनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ।

दिउँसोः

देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

साथै पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई भूभागमा भने हुरी–बतास चल्ने सम्भावना उच्च रहेको छ।

राति पनि सतर्कता आवश्यक:

आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्यत्र मौसम सफा रहने अपेक्षा गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागहरूमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भव छ। हिमाली क्षेत्रहरूमा पनि फाटफुट हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाको आग्रह:

मौसमको यो अवस्थालाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ, विशेषतः चट्याङ, हावाहुरी र हिमपात हुनसक्ने स्थानमा रहेका नागरिक तथा यात्रुहरूलाई।

  • Jigyasanepal

थप