Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको फन्दामा, भ्रष्टाचारको छानबिन सुरु

  •   १ वर्ष अघि | ६ असार २०८२, शुक्रबार

६ असार २०८२, शुक्रबार – काठमाडौं |

पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई भूतपूर्व कार्यक्षेत्र पोखरिया नगरपालिकामा रहँदाको भ्रष्टाचारसम्बन्धी गम्भीर उजुरीको अनुसन्धानका क्रममा शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ।

श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१३, प्रतिमा चोकबाट र साहलाई वीरगञ्ज–३, प्रगतिनगरबाट नियन्त्रणमा लिइएको हो।

पक्राउसँगै चार वटा मोबाइल फोन समेत जफत गरिएको छ।

योजनाको स्वीकृति र नियुक्तिमा अनियमितता ?

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, उनीहरूलाई विभिन्न योजनाको स्वीकृति र कर्मचारी नियुक्तिमा देखिएको अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

श्रीवास्तव यसअघि पोखरिया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए भने संदीप साह सोही नगरपालिकामा कर्मचारी थिए।

मोबाइल जफत, अनुसन्धानको घेरा फराकिलो

त्यसैगरी हाल पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नं. २ का सचिव ओमप्रकाश चौरसियाको समेत मोबाइल जफत गरिएको अख्तियारले जनाएको छ।

यस घटनाले पोखरिया र बहुदरमाई दुबै नगरपालिकामा प्रशासकीय स्तरमा भ्रष्टाचारको सञ्जाल फैलिएको आशंका थप बलियो बनाएको छ। अख्तियारले अनुसन्धान अझै फराकिलो बनाउने संकेत दिएको छ।

  • Jigyasanepal

थप