Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा दुईजनाको मृत्यु, १४ घाइते

  •   २ वर्ष अघि | २७ पुस २०८१, शनिबार

२७ पुस, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो र कार ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवन राप्ती नगरपालिका-२ गड्यौली निवासी ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा निधन भएपछि मृतकको संख्या दुई पुगेको हो। यसअघि, कार चालक हेटौंडा-४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको पनि घटनास्थलमै निधन भएको थियो।

शनिबार पूर्व–पश्चिम राजमार्गको मनहरी-६ मा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको स्कार्पियो (बागमती प्रदेश ०१–०२६ च ५२५०) र चितवनबाट हेटौंडातर्फ आइरहेको कार (बा १६ च ८३२४) ठोक्किँदा दुर्घटना भएको थियो।

घाइते र मृतकको विवरण

दुर्घटनामा १४ जना घाइते भएका छन्। चितवन राप्ती-२ निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, पर्सा वीरगञ्ज–२ छपकैयाका २६ वर्षीया पूजा देवी शाह, ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी शाह, १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षीया आरती कुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका छन्।

स्कार्पियो चालक फरार

स्कार्पियोका चालक रौतहट निवासी २० वर्षीय किशन जैसवाल फरार छन्। उनको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।

उपचारमा पठाइयो

घाइतेहरूको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। सबै घाइतेलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

सावधानी अपनाउन आग्रह प्रहरीले चालकहरूलाई सडक सुरक्षामा ध्यान दिन र यात्रुहरूलाई सिटबेल्ट लगाउन आग्रह गरेको छ।


  • Jigyasa media

थप