Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मङ्सिर १६ को उपनिर्वाचनका लागि न्याय परिषद्को मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

काठमाडौं — आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू सिफारिस गरेको छ। परिषद्ले ३१ जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो।

न्याय परिषद्ले उपभोक्ता अदालतको लागि पनि न्यायाधीश र सदस्यको सिफारिस गरेको छ। नयाँ गठन भएको उपभोक्ता अदालतमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मालाई न्यायाधीश र गेहेन्द्रराज रेग्मीलाई सदस्यका रूपमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

त्यस्तै, परिषद्ले ६ वटा स्थानीय तहमा हुने उपनिर्वाचनको लागि पनि निर्वाचन अधिकृतहरू खटाउन सिफारिस गरेको छ।


  • Jigyasa media

थप