Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मनकामना केबलकार असोज २९ देखि तीन दिनका लागि बन्द हुने

  •   २ वर्ष अघि | २८ असोज २०८१, सोमवार

गोरखा ।

मनकामना केबलकार सेवा मर्मत सम्भारका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बन्द रहने भएको छ। दशैंको नवमी, दशमी, र एकादशीमा पनि सेवा बन्द गरिएको थियो, तर टीका लगाउन गएका यात्रुहरूलाई सहजीकरण गर्न आज मात्र खुला गरिएको हो। मर्मतका लागि केही महत्त्वपूर्ण काम बाँकी रहेकाले तीन दिनको बन्द अवधि तय गरिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

मर्मत कार्य पूरा गर्न आवश्यक नयाँ तार फेर्ने र लठ्ठा छोट्याउने काम असोज २९ र ३० गते हुने अनुमान गरिएको छ, जबकि कात्तिक १ गते विश्राम गरिनेछ। कात्तिक २ गतेदेखि भने सेवा पुनः सुचारु हुनेछ। यसका लागि अष्ट्रियाबाट प्राविधिक टोली झिकाइएको छ।

नयाँ डिजिटलाइज्ड सिस्टमसँगै सेवा थप स्तरोन्नत गरिएको पनि जानकारी दिइएको छ।


  • Jigyasa media

थप