Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

देशभर आजको मौसम पूर्वानुमान: के छ अवस्था?

  •   २ वर्ष अघि | १८ कार्तिक २०८१, आइतवार

काठमाडौं, कात्तिक १८ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसममा देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगलादेश र भारतको आसाम क्षेत्रको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जनाएको छ।

देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ भने अन्य स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षा हुने स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ, किनकि यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा क्षणिक प्रभाव पार्न सक्छ।

साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ। आज राति पनि पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

अधिक जानकारीका लागि मौसम विभागको दैनिक अपडेट हेर्नुहोस्।


  • Jigyasa media

थप