Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

विपद्मा महेश थापाको परोपकारी सक्रियता: पनौतीका पीडितहरूको उद्धारमा अग्रसर

  •   २ वर्ष अघि | १८ असोज २०८१, शुक्रबार

पनौती, काभ्रे – एक हप्ता अघि आएको विनाशकारी बाढी र पहिरोले पनौतीको विभिन्न क्षेत्रहरू तहसनहस बनाउँदा, महेश थापा पहिलो दिनदेखि नै उद्धार कार्यमा जुटेका छन्। विपत्तिमा प्रताडित परिवारको सदस्य मृतकको शव निकाल्नेदेखि लिएर बिरामीलाई तत्काल उद्धार गर्नेसम्मका प्रायः काममा उनले अग्रसरता देखाए।

पहिलो दिनदेखि नै विपत्तिमा खटिएका थापाले मात्रै उद्धारमा सिमित नरही, बाढीले भत्काएका बाटोहरू खुलाउने र बिजुलीको आपूर्ति पुनःस्थापनामा पनि सहयोग गरेका छन्। पीडितहरूको राहतका लागि उनले आफ्नै पहलमा आवश्यक सामानहरू जुटाएका छन्। पनौतीको चाम खर्क क्षेत्रमा खानेपानीको संकट गहिरिँदा, थापाले केही ट्यांकर पानी विभिन्न टोलहरूमा पुर्‍याए, जसले स्थानीयहरूको दैनिकी सहज बनाउन मद्दत पुर्‍यायो।


महेश थापाले पीडित बालबालिकाहरूको लागि पनि विशेष ध्यान दिएका छन्। चामखर्कका ४० घरधुरीका बालबालिकाहरूलाई उनले लत्ताकपडा वितरण गरे, जसले विपद्पछिको कठोर वातावरणमा उनीहरूलाई केही राहत मिल्यो।

थापाको सहयोगको दायरा त्यत्तिमा मात्र सीमित रहेन। उनले श्रीमान गुमाएकी दुई बच्चासहितकी आमा अनिता लोप्चनलाई परिवारसँगै केही आर्थिक सहयोगले मद्दत पुर्‍याए। उनले अनिताको परिवारलाई लत्ताकपडादेखि लिएर खाद्यान्नसम्म—चामल, तेल, मसला, बिस्कुट, चाउचाउ, चिउरा लगायतका सामग्रीहरू उपलब्ध गराए।


महेशको यस मानवीय अभियानमा उनी एक्ला थिएनन्। उनलाई अनिता कार्की, गीता थापा, र टिकाराम तिमल्सिनाले साथ दिएका थिए। उनीहरूको संयुक्त प्रयासले पनौतीका विपद् पीडितहरूको दैनिकीलाई केही हदसम्म सहज बनाउन ठूलो योगदान पुर्‍याएको छ।


महेश थापा जस्ता व्यक्तिहरूको समर्पण र सहयोगले विपद्‌मा परेकाहरूलाई फेरि नयाँ जीवनको आशा दिने काम गरिरहेको छन। पनौतीमा यस्तो सहयोगले केवल क्षणिक राहत मात्र हैन, दीर्घकालीन पुनर्निर्माणको लागि पनि मार्ग प्रशस्त गरिरहेको छ।

  • Jigyasa media

थप