Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मिक्लाजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

मोरङ – मिक्लाजुङ गाउँपालिकामा मंगलबार राति चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। मोरङ प्रहरीका अनुसार झापा दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको घटनास्थलमै निधन भएको हो।

मोते मिक्लाजुङ गाउँपालिका–३ स्थित भक्तबहादुर नेपालीको घर निर्माणका लागि त्यहाँ आएका थिए। घरको भान्सा कोठाको अगाडि उभिइरहेका बेला राति १० बजे परेको चट्याङले उनलाई अचेत बनाएको प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

घटनापछि तत्कालै मोतेलाई दमक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।


  • Jigyasa media

थप