Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा वडा अध्यक्षको मृत्यु

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

महोत्तरी – मोटरसाइकल दुर्घटनामा परि रामगोपालपुर नगरपालिका-२ का वडा अध्यक्ष मुकेश यादवको निधन भएको छ। गएराति बर्दिवास-जलेश्वर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर छेउमा रहेको कल्भर्टमा ठोक्किँदा ३५ वर्षीय वडा अध्यक्ष यादवको घटनास्थलमै निधन भएको हो।

दुर्घटनाबारे स्थानीयले बिहानमात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष यादव बर्दिवास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएका थिए। यादवले प्रयोग गर्ने मोटरसाइकल सडक छेउमा र उहाँको शव सडकभन्दा तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

  • Jigyasanepal

थप