Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

पाँच नवजात शिशु बेचबिखन मुद्दामा नौ जनाविरुद्ध मुद्दा दायर

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ।


अदालतले सबै आरोपितविरुद्ध कसुरको संज्ञान लिएको छ। अभियोग पत्रमा परेका आठ आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो।


सिबिआईले यस वर्ष अप्रिल ५ मा आइपिसीका विभिन्न दण्डात्मक प्रावधान र बाल न्याय (बालबालिकाको हेरचाह र संरक्षण) ऐन २०१५ अन्तर्गत बच्चाहरूको बेचबिखन र खरिदमा संलग्न आरोपितहरूको नेटवर्कविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको थियो।


अनुसन्धानका क्रममा हालसम्म पाँच नवजात शिशुको पनि उद्धार गरिएको छ। आरोपितहरूले फेसबुक पृष्ठ र ह्वाट्सएप समूहजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा विज्ञापनमार्फत शिशु ग्रहण गर्न चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ।


उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए। त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख (भारतीय रुपैयाँ) सम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने र जैविक अभिभावकको नक्कलसमेत गरेका थिए।


उपरोक्त निष्कर्ष सिबिआईले गरेको अनुसन्धान र त्यसले सङ्कलन गरेको प्रमाणका आधारमा भएको हो भन्ने जनतालाई स्मरण गराइएको छ। भारतीय कानूनअन्तर्गत निष्पक्ष सुनवाइपछि दोषी प्रमाणित नभएसम्म आरोपितहरूलाई निर्दोष मानिन्छ।

  • Jigyasa media

थप