Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

प्रधानमन्त्रीको निर्देशनपछि कक्षा १२ को परीक्षा सारिने निश्चित, बोर्डले तयारी थाले

  •   १ वर्ष अघि | ९ बैशाख २०८२, मङ्लबार

जिज्ञासा संवाददाता | वैशाख ९, २०८२, काठमाडौं

कक्षा १२ को परीक्षा तोकिएको मितिमा नहुने निश्चित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका परीक्षा सार्न स्पष्ट निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा सार्ने तयारीमा जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको भेटमा प्रधानमन्त्री ओलीले जटिल परिस्थिति उल्लेख गर्दै परीक्षा केही दिन पछाडि सार्न सुझाव दिएका हुन्।

यसअघि बोर्डले वैशाख ११ गते (पर्सि) देखि परीक्षा सुरु गर्ने निर्णय गरिसकेको थियो। बोर्डले सबै संयन्त्र परिचालन गरेर परीक्षा समयमा गराउने तयारी गरिरहेको थियो। तर, पछिल्लो समय उत्पन्न अवस्थालाई ध्यानमा राख्दै परीक्षा सार्ने निर्णय गर्न प्रधानमन्त्रीको निर्देशन आएको हो।

प्रधानमन्त्रीको भनाइपछि तत्कालै बोर्ड बैठक बोलाइएको छ। बोर्डले नयाँ मिति तय गरी केहीबेरमै औपचारिक सूचना प्रकाशित गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

  • H

थप