Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

खानीखोलामा बालविवाह न्यूनीकरणबारे आवाज

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामार्फत सन्देश

  •   १० महिना अघि | १३ असार २०८२, शुक्रबार

काभ्रे, खानीखोला ।

खानीखोला गाउँपालिकामा बालविवाह न्यूनीकरणका विषयमा केन्द्रित हुँदै शुक्रबार एक सशक्त र चेतनामूलक अन्तर-मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। "बालविवाह : यसको असर र न्यूनीकरणका उपायहरू" भन्ने मूल शीर्षकमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले समाजमा मौलाउँदै गएको बालविवाहजस्तो गम्भीर समस्यालाई चिर्दै ओजपूर्ण र मन छोने अभिव्यक्ति प्रस्तुत गरे।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) रहनुभयो। अध्यक्ष थिङले आफ्नो सम्बोधनमा बालविवाह समाजको प्रगतिको बाधक भएको बताउँदै यसको अन्त्य युवापुस्ताको सचेत सक्रियता र नेतृत्वबाट मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई पालिकाले प्राथमिकतामा राखेर निरन्तरतापूर्वक सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रमको सभाध्यक्षता वडा नं. ४ का अध्यक्ष तथा सामाजिक विकास संयोजक निशान मोक्तानले गर्नुभएको थियो। उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, निर्णायक प्रतिनिधि प्रकाश कोइराला, शिक्षा शाखा प्रमुख चक्रबहादुर थापा, महिला तथा बालबालिका शाखा प्रमुख चण्डिका थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँपालिकाभित्र रहेका आठवटा माध्यमिक विद्यालयहरूमध्ये सात विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा सहभागी बने। सहभागीहरूले बालविवाहका सामाजिक, मानसिक, शैक्षिक र आर्थिक असरहरूबारे तथ्य, अनुभव र प्रेरणादायी सन्देशसहित आफ्ना विचार प्रस्तुत गरेका थिए।

प्रतियोगितामा जनविकास माविकी नेहा खुलाल प्रथम हुँदै रु. १०,००० नगद र सम्मानपत्र प्राप्त गरिन्। शारदा माविकी सुनिता थोकर द्वितीय स्थानमा रहँदै रु. ७,५०० प्राप्त गरिन् भने जनविकास माविकै युवराज ठकुरी तृतीय हुँदै रु. ४,००० नगद र सम्मानपत्र प्राप्त गर्न सफल भए।

त्यसैगरी कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कार स्वरूप रु. २,००० नगद र प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख चक्रबहादुर थापाले गर्नुभएको थियो।

आयोजक पक्षका अनुसार यस प्रकारको प्रतियोगिताले युवा पुस्तामा चेतना फैलाउनुका साथै समाज रूपान्तरणतर्फ ठोस प्रभाव पार्ने विश्वास गरिएको छ।

बालविवाह अन्त्यको अभियानमा युवाहरूको सोच, दृष्टिकोण र क्रियाशीलता निर्णायक बन्ने सन्देश कार्यक्रमले सशक्त रूपमा प्रवाह गरेको छ।

  • Jigyasanepal

थप