Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दुई महिनाको प्रतीक्षापछि अन्ततः एसईईको नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी ग्रेडेड

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

काठमाडौं, असार १३ — चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अन्ततः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको छ। चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको यस परीक्षाको नतिजा शिक्षा क्षेत्रमा जारी आन्दोलनका कारण ढिला भएको हो।

नतिजाअनुसार ६१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा ४ लाख ३१ हजार ४६६ नियमित तथा ६७ हजार ७१५ जना ग्रेड वृद्धितर्फका परीक्षार्थी थिए।

यसअघि असार ७ गते नतिजा प्रकाशित गर्ने तयारी भए पनि शिक्षक आन्दोलनका कारण मूल्याङ्कन कार्य ढिलिएको थियो। शिक्षा ऐन संशोधनको मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूले कपि जाँच नै बहिष्कार गरेपछि प्रक्रिया प्रभावित भएको थियो। सरकार र शिक्षकबीच सहमति जुटेपछि मात्र कापी मूल्याङ्कन पुनः सुरु गरिएको थियो।

विद्यार्थीहरूले नतिजा बोर्डको वेबसाइट https://www.neb.gov.np/ मार्फत हेर्न सक्नेछन्। त्यस्तै, १६०० डायल गरी निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि मोबाइल वा टेलिफोनमार्फत नतिजा थाहा पाउन सकिन्छ।

परीक्षा नियन्त्रक कार्यालयले नतिजा सार्वजनिक भएलगत्तै विद्यार्थी र अभिभावकहरूमा मिश्रित प्रतिक्रिया देखिएको जनाएको छ। कतिपयले ढिलो प्रकाशित भएको भन्दै असन्तुष्टि जनाए पनि बोर्डले विश्वसनीय मूल्याङ्कनको सुनिश्चितताका लागि समय लाग्नु स्वाभाविक रहेको उल्लेख गरेको छ।

शिक्षा क्षेत्रमा सुधार र स्थायीत्वको माग गर्दै गरिएको आन्दोलनले भविष्यमा पनि परीक्षागत कार्यतालिकामा असर गर्न सक्ने सम्भावनालाई देखाएको छ, जुन विषयमा समयमै नीति निर्धारण र संवाद आवश्यक देखिएको छ।

  • Jigyasanepal

थप