Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु, ६ घाइते

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हायस गाडी ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आज बिहान करिब ३ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हायस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, मृतक चारै जना हायसमा सवार यात्रु हुन्, जसमध्ये गोर्खाको आरुघाट गाउँपालिका–१ का ४० वर्षीय राजबहादुर गुरुङको सनाखत भएको छ। मृतकहरुमध्ये अन्य तीनजनाको पहिचान हुन बाँकी छ।

दुर्घटनामा बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका सहचालक काठमाडौं महानगरपालिका–३२ का ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ।


  • Jigyasa media

थप