Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कोरला नाकामा दसैं अघि अध्यागमन कार्यालय स्थापना गरिँदै

  •   २ वर्ष अघि | १५ भदौ २०८१, शनिबार

जोमसोम ।  नेपाल-चीन सिमानामा रहेको कोरला नाकामा दसैं अघि नै अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो नाका व्यापारिक गतिविधि र आवतजावतका लागि महत्त्वपूर्ण मानिन्छ। यसलाई सहज बनाउन अध्यागमन विभागले यसपटक यो कार्यालय स्थापना गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज पन्तले जानकारी दिए।

विभागले यसअघि पनि गृह मन्त्रालयलाई कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न पत्राचार गर्दै आएको थियो। प्रजिअ पन्तका अनुसार, “हामीले गृह मन्त्रालयलाई यो नाका नेपाल-चीनको आर्थिक कारोबारको लागि महत्त्वपूर्ण रहेकोले छिटोभन्दा छिटो अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गरेका थियौं। मन्त्रालय यसमा सकारात्मक देखिएको छ, र सकेसम्म दसैं अघि यो कार्यालय स्थापना हुनेछ।”

नाकामा अध्यागमन कार्यालय स्थापना भएपछि चीनसँगको व्यापारिक कारोबारलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यो कार्यालयले चिन जाने नेपाली नागरिकहरूको अभिलेख र आयात-निर्यात गरिने सामानको अभिलेखिकरण गर्ने जिम्मेवारी पाउनेछ। 

गतवर्ष गण्डकी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालयले कोरला नाकामा ६ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो, जहाँ अध्यागमन, एपिएफ, र नेपाल प्रहरीको व्यवस्था गरिनेछ।

कोभिड-१९ महामारीको समयमा चार वर्षसम्म बन्द रहेको कोरला नाका गत पुस २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई पुनः खुला गरिएको थियो। 

हालसम्म उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्र सीमापार पास वितरण हुँदै आएकोमा चालू वर्षदेखि अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गर्न सुरु गरिएको छ। हालसम्म २ हजार ५ सयभन्दा बढी नागरिकले सीमापार पास लिइसकेका छन्। 

थासाङ गाउँपालिकालाई पनि सीमापार पास वितरणका लागि समन्वय गर्न सूचना दिइसकेको प्रजिअ पन्तले बताए। नाका औपचारिक रुपमा सञ्चालन भएपछि यो क्षेत्रमा आर्थिक गतिविधि र व्यापारिक अवसरहरूमा वृद्धि हुने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप