Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई एकै दिन दुई पटक सम्मान

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

काठमाडौं – लामो समयदेखि पत्रकारिता र समाजसेवामा सक्रिय रहेका अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई शनिबार एकै दिन दुई फरक स्थानमा सम्मान प्रदान गरिएको छ। 

बजगाईलाई पहिलो सम्मान नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा काठमाडौंको बबरमहलस्थित साप फल्चामा आयोजित कार्यक्रममा प्रदान गरियो। संघका केन्द्रीय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डे, प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामा, र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक भिम ढकाललगायतले उनलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे। उक्त सम्मानपत्रमा बजगाईले समाज रूपान्तरणमा पुर्‍याएको योगदानको विशेष उल्लेख गरिएको थियो।

त्यसै दिन धुलिखेलको मिरावल रिसोर्टमा आयोजित अर्को कार्यक्रममा पनि बजगाईलाई सम्मान गरियो। नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा पत्रकारीता र समाजसेवामार्फत बजगाईले समाजमा पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सांस्कृतिक शाखाका प्रमुख रामकृष्ण पोख्रेलले उनलाई सम्मान प्रदान गरेका थिए।

यसअघि, भदौ १ गते थाइल्याण्डको बैंककमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा पनि बजगाईलाई सम्मान गरिएको थियो। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर निवासी बजगाई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् र उनी काभ्रेका विभिन्न सञ्चार संस्थाहरूमा प्रमुख भूमिकामा छन्। सामाजिक कार्यमा पनि निरन्तर क्रियाशील रहेका बजगाईलाई यसअघि पनि विभिन्न संघ संस्थाहरूबाट सम्मानित गरिसकिएको छ।

  • Jigyasa media

थप