Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

तामाङ पत्रकार संघ काभ्रेको चौथो अधिवेशन, लोक बलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

काभ्रेपलाञ्चोक, मंसिर १८ । तामाङ पत्रकार संघ काभ्रेको चौथो जिल्ला अधिवेशन बनेपामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति लोक लामा बलको अध्यक्षतामा चयन गरेको छ।

कार्यक्रम तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तीर्थ बलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनको अध्यक्षता संघकी जिल्ला अध्यक्ष अञ्जली ब्लोनले गरेकी थिइन्।

 आज  बनेको  नयाँ कार्यसमिति 

अधिवेशनले लोक ब. लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ। समितिका सदस्यहरू यस प्रकार छन्:

1. अध्यक्ष: लोक ब. लामा

2. उपाध्यक्ष: जीवन तामाङ

3. सचिव: अशोक बुद्ध लामा

4. सहसचिव: विजय जिम्बा

5. कोषाध्यक्ष: लाल ध्वज तामाङ

6. सदस्य: बिकेश तामाङ

7. सदस्य: सिर्जना तामाङ

8. सदस्य: विजय तामाङ

समितिमा एक जना सदस्यलाई मनोनित गर्ने निर्णय भएको छ।

तामाङ समुदायका पत्रकारहरूलाई एकीकृत गर्दै पेशागत क्षमता अभिवृद्धि गर्नु, समुदायका मुद्दालाई सशक्त रूपमा उठान गर्ने नेतृत्व तयार पार्नु र सञ्चार माध्यममा तामाङ समुदायको पहिचान तथा अस्तित्वलाई बलियो बनाउनु संघको मुख्य मुद्दा रहेको अधिवेशनमा बहस भएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै महासचिव तीर्थ बलले तामाङ पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने दिशामा काम गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा अग्रज पत्रकार प्रदीप केसी, फोटो पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष केशवराज पौडेल, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका सल्हाकार नवराज बजगाईं, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघको सक्रियता

तामाङ पत्रकार संघ काभ्रेले स्थानीय तथा राष्ट्रिय मुद्दाहरूमा कलम चलाउँदै तामाङ समुदायका आवाजलाई सशक्त रूपमा उठाउँदै आएको छ। नवगठित कार्यसमितिले आगामी दिनमा संघलाई अझै मजबुत र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी सबैले नवनिर्वाचित टिमलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन्।


  • Jigyasa media

थप