Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आखिर ओमप्रकाश राईको हत्या कसले किन गरे ?

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित नीलबाराहीको पिकनिक स्थल नजिक एकजना व्यक्तिको शव फेला परेको छ। मृतकको पहिचान खोटाङका केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राईको रूपमा भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए अनुसार, मृतकको दाहिने कान र टाउकोमा चोटको निशान देखिएको छ। ओमप्रकाश राई कबाडी सामान टिप्ने काम गर्दै आएका थिए।

डीएसपी न्यौपानेका अनुसार, घटनास्थलमा रगतले लतपतिएको ढुंगा पनि फेला परेको छ, जसको आधारमा घटना हत्याको हो भन्ने आशंका गरिएको छ। "ढुंगा प्रहार गरेर हत्या गरिएको जस्तो देखिन्छ," उनले भने।

मृतक ओमप्रकाश राईका तीन छोराहरू रहेको जानकारी प्राप्त भएको छ। प्रहरीले घटनाको गम्भीरता हेरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

आखिर कसले किन गरे उनको हत्या ?

  • Jigyasa media

थप