Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

निर्धारित समयभन्दा १५ दिन अघिनै भित्रियो मनसुन, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं, जेठ १६ । यस वर्षको मनसुन निश्चित समयभन्दा १५ दिन अगावै नेपाल भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको हो। हाल कोशी प्रदेशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मनसुनसँगै जोखिम पनि : प्राधिकरणको चेतावनी

मौसम पूर्वानुमान महाशाखाले सरदरभन्दा बढी वर्षा हुने सम्भावना औंल्याएको छ। यससँगै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित मनसुनी विपद्का लागि राष्ट्रिय कार्ययोजना लागू गरिएको जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको आँकडाअनुसार,
👉 मनसुनी प्रभावका कारण
४ लाख ५७ हजार घरधुरीका
१९ लाख ९७ हजार नागरिक प्रभावित हुनसक्ने जोखिम छ।

अझै केही दिनमै फैलनेछ सिङ्गो नेपालभर

महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशमा फैलिसकेको भए पनि अन्य प्रदेशहरूमा यसको प्रभाव केही दिनमा विस्तार हुने अनुमान गरिएको छ।

चेतावनी र तयारी

विशेषतः पहिरो, बाढी, डुबान, नदी कटानजस्ता जोखिमहरूलाई मध्यनजर गर्दै
• स्थानीय तह
• सुरक्षा निकाय
• सरोकारवाला निकायहरू
लाई सजग र सतर्क रहन सुझाव दिइएको छ।

🌧️ मनसुनसँगै पानीको राहत पनि, तर जोखिमलाई नबिर्सौं।
जिज्ञासा नेपालमा मौसम, सुरक्षा र जीवनसँग जोडिएका खबरका लागि नियमित रूपमा जोडिनुहोस्।

  • Jigyasanepal

थप