Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अक्सिजन अभावमा रौतहटमा नवजात शिशुको मृत्यु

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौं । रौतहटको बौधीमाई नगरपालिकास्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावका कारण एक नवजात शिशुको मृत्यु भएको छ। भारतीय सीमासँग जोडिएको बौधीमाई ४ इनरवारीस्थित स्वास्थ्य चौकीमा यो घटना मंगलवार बिहान घटेको हो।

गौरीशंकर पटेलका अनुसार, बौधीमाई ४ मा आज बिहान पौने ३ बजे उनकी छोरीको जन्म भएको थियो। जन्मको केही समयपछि शिशुको मुटुको चाल मन्द भएपछि थप उपचारका लागि शिशुलाई पालिकाको एम्बुलेन्समा वीरगन्ज पठाइएको थियो। तर, एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको बाटोमै मृत्यु भएको पटेलले बताए।

अक्सिजन नहुँदा शिशुको ज्यान गएको स्वीकार्दै इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले यस घटनाले गम्भीर चिन्ता उत्पन्न भएको बताए। नर्मल जन्मिएको शिशु नरुँदा आत्तिएका परिवारजन र स्वास्थ्यकर्मीहरूले शिशुलाई वीरगन्ज पठाए पनि, अक्सिजन अभावले शिशुलाई बचाउन सकेन।

थप उपचारका लागि बिहान ५ बजे शिशुलाई वीरगन्जस्थित तराई अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले शिशुलाई मृत घोषणा गरे। बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्समा अक्सिजन नहुँदा नवजात शिशुको मृत्यु भएको यो घटनालाई दुःखद भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

  • Jigyasa media

थप