Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

प्रधानाध्यापकमाथि गोली प्रहार, स्थिति गम्भीर

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक विद्यालयका प्रधानाध्यापक गम्भीर घाइते भएका छन्। सर्लाही र सिन्धुलीको सीमावर्ती क्षेत्र हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती नदी किनारमा भएको घटनामा मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनलाई अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका हुन्।

प्रहरीका अनुसार, बोम्जनको गालामा गोली लागेर उनी गम्भीर घाइते भएका छन्। घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीको टोली तुरुन्तै घटनास्थल पुगेको थियो। प्रारम्भिक उपचारपछि बोम्जनलाई थप उपचारका लागि बारा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको समयमा, बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट मोटरसाइकलमा फर्किरहेका थिए। उनी मकवानपुरको बकैया गाउँपालिका–१ स्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन्। घटनाको पछाडि रहेको उद्देश्य र जिम्मेवार समूहको पहिचान गर्न प्रहरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


  • Jigyasa media

थप