Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौतीमा निर्माणाधीन प्रहरी भवनबाट खसेर अर्का मजदुरको ज्यान गयो

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

काभ्रेपलाञ्चोक — काभ्रेको पनौती नगरपालिका–७ मा निर्माणाधीन नेपाल प्रहरीको भवनबाट खसेर एक मजदुरको ज्यान गएको छ।

ज्यान गुमाउने व्यक्ति पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ घर भएका १९ वर्षीय रितुराज प्रसाद रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल शीर मेमोरियल अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

स्थानीयहरूले कामदारको सुरक्षाका उपायप्रति प्रश्न उठाउँदै आएका छन्। किनभने केही समयअघि पनि सोही भवनबाट खसेर अर्को मजदुरको ज्यान गएको थियो।

पुनः त्यही स्थानमा यस्तै घटना दोहोरिनुले निर्माणस्थलमा सुरक्षा सावधानीको अभाव देखिएको स्पष्ट छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

  • T

थप