Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पाथीभरा केबुलकार निर्माण स्थगित, आन्दोलनकारी वार्तामा बोलाइए

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विषयमा उठेको विरोधलाई सम्बोधन गर्न सरकार वार्तामा जुटेको छ। ‘नो केबुलकार समूह’ को आन्दोलनलाई मध्यनजर गर्दै सरकारले हाललाई परियोजना रोक्ने निर्णय लिएको छ।

सोमबार गृह मन्त्रालयका सहसचिव तथा वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई संवादका लागि आमन्त्रण गरेका छन्।

सरकारी वक्तव्यमा उल्लेख गरिएको छ:

"आन्दोलनरत पक्षले उठाएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका विषयलाई मध्यनजर गर्दै केबुलकार निर्माण कार्य हाललाई स्थगित गरिएको छ। वार्ता र संवादकै माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिन्छ।"

सरकारी निर्णयसँगै आगामी दिनमा पाथीभरा केबुलकार परियोजनाको भविष्य वार्ताको निष्कर्षमा निर्भर रहने देखिएको छ।


  • Jigyasa media

थप