Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पश्चिमी प्रणालीको असर: केही स्थानमा बदली र हल्का वर्षा

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको मिश्रणका कारण देशका केही स्थानमा मौसम बदली भएको छ भने केही ठाउँमा हल्का वर्षा पनि भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी, बागमती, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ, भने कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। अन्य प्रदेशहरूमा भने मौसम प्रायः सफा रहेको छ।

आगामी दिनको मौसम पूर्वानुमान

▶ आज राति – कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।

▶ शनिबारदेखि – मौसम क्रमिक रूपमा सुधार हुँदै जाने अनुमान।

महाशाखाका अनुसार हाल प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले मौसममा केही परिवर्तन देखिएको हो। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसममा उतारचढाव देखिएको बताइएको छ।

बिहीबारदेखि काठमाडौं उपत्यकाको आकाश पनि बदली रहेको छ भने शनिबारदेखि सुधारको संकेत देखिएको छ।


  • Jigyasa media

थप