Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पाँचथरमा ट्रक दुर्घटना : एकको मृत्यु, दुई गम्भीर घाइते

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

फिदिम:।  पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-६, भारपामा आज एक दर्दनाक ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ना ४ ख ७१२३ नम्बरको ट्रक, जो सिंगापुरबाट गोलिया लिएर झापातर्फ जाँदै थियो, अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनामा हिलिहाङ-३ निवासी भवानी शंकर पौडेलको घटनास्थलमै मृत्यु भएको छ। ट्रकमा सवार इलाम सूर्योदय नगरपालिका-१२ का ५२ वर्षीय तेजबहादुर दास र झापा चारपानेका ४० वर्षीय ट्रक चालक राजकुमार बस्नेत गम्भीर घाइते भएका छन्।

घाइतेहरूको प्रारम्भिक उपचार पाँचथर अस्पतालमा भए पनि थप उपचारका लागि झापामा रिफर गरिएको प्रहरी निरीक्षक बिनालाल साह तेलीले जानकारी दिएका छन्।


  • Jigyasa media

थप