Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

जाजरकोटमा पहिरोले एकै परिवारका तीनजनाको ज्यान गयो

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ। मृतकहरूमा ४२ वर्षीय लालबहादुर परियार, उनकी ३४ वर्षीया पत्नी मनिसा परियार, र उनीहरूका दुई वर्षीय छोरा शिवम परियार रहेका छन्।


नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, यो परिवार भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएको थियो। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ।


इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा एक प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गर्ने काम जारी राखेको छ।

  • Jigyasanepal

थप