Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

पहिरोमा पुरिएर ३ जना बेपत्ता

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरे भन्ने ठाउँमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।


काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । उनीहरुले पहिरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घर फेरि पहिरो खस्यो । त्यही पहिरोमा हिरासहित अनिशा र श्याम पनि बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिएका छन् ।


सोना नेपाली र हिरा नेपाली दिदीबहिनी हुन् । घरछिमेक मिलेर घरका सामान निकाल्दै गर्दा फेरि पहिरो खसेपछि ३ जना बेपत्ता भए । सोही घटनामा विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रबि घिमिरे र रुपकुमार नेपाली भागेर ज्यान बचाउन सफल भए । उनीहरु घाइते रहेको र बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



  • Reporter

थप