Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

भुम्लुटारको लघुवित्त संस्थामा विवाद: कार्यालयका कागजात र कम्प्युटर सहित १२ जना पक्राउ

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काभ्रे । 

२०८१ सालको भदौ ११ गते, दिउँसो ३ बजे, काभ्रे जिल्लाको भुम्लु गाउँपालिका-८ स्थित रहेको "WIN NEPAL लघुवित्त वित्तीय संस्था लिमिटेड" मा केही अप्रिय घटना घट्यो। २०/२२ जना व्यक्तिहरूले बा १८ च १०५१ नम्बरको बोलेरो गाडीमा आएर संस्थाका कर्मचारीहरूसँग छलफल गर्ने भन्दै कार्यालयको महत्वपुर्ण कागजपत्रहरू र कम्प्युटर उठाएर लगेका थिए। 

यस घटनामा संलग्न आरोपमा १२ जनालाई   प्रहरीले नियन्त्रणमा लिइएको छ। घटनाको सूचना प्राप्त भएपछि, प्रहरी चौकी दोलालघाटको टोलीले तुरुन्तै बोलेरो गाडीलाई रोकेर संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको थियो।

२०८१ साल भदौ १२ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालतले आपराधिक उपद्रव कसूरमा पाँच दिनको म्याद थप अनुमति दिएपछि पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ।


पक्राउ परेका व्यक्तिहरूमा:

1. भक्त बा. ब्लोन (४० वर्ष) - खानिखोला गाउँपालिका-१, काभ्रे।

2. कमला माझि (४२ वर्ष) - चौरीदेउराली गाउँपालिका-८, काभ्रे।

3. कान्छी माया तामाङ (५९ वर्ष) - भुम्लु गाउँपालिका-१०, काभ्रे।

4. सरू दाहाल (४० वर्ष) - इन्द्रावती गाउँपालिका-७, सिन्धुपाल्चोक।

5. रूपा पोखरेल (४० वर्ष) - भुम्लु गाउँपालिका-९, काभ्रे।

6. हिरा शाही (४२ वर्ष) - भुम्लु निवासी छन् । 

  • Jigyasa media

थप