Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रवि लामिछाने र छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

  •   २ वर्ष अघि | ७ मंसिर २०८१, शुक्रबार

चितवन, मंसिर ७ - चितवनमा सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउका लागि आदेश दिएका हुन्। पक्राउ पुर्जी जारी भएकामध्ये नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि छन्।

चितवनको साहारा सहकारीका २४ जना पीडितले रवि लामिछाने र अन्यको नाममा पुरक जाहेरी दर्ता गराएका थिए। अदालतले साहारा सहकारीबाट गोर्खा मिडियालगायत ५ वटा कम्पनीमा रकम पठाइएका संस्थाका पदाधिकारी र सञ्चालकहरूलाई पक्राउ गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्।


  • Jigyasa media

थप