Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

युनिटि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

  •   २ वर्ष अघि | २० असार २०८१, बिहिबार

काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्ला साबिकको बनेपा नगरपालिका वडा नं. ०६ हाल बनेपा नगरपालिका वडा नं. ०८ वाँख्योटोल स्थितमा कार्यालय रहेको युनिटि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार पक्राउ परेका छन् । वचत कर्ताहरुलाई ललाई फकाई वचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी वचत कर्ताहरुलाई पैसा वचत गर्न लगाई जम्मा गरेको वचत रकम पैसा पिडित जाहेरवाला तथा निवेदकहरुले फिर्ता माग्न जाँदा समेत वचत रकम फिर्ता नगरेको भन्दै उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।                                                              पक्राउ परेकाहरूद्वय लाइ कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी ३० जना पिडितहरुले जिल्ला प्रहरी कार्यालयमा रु. २,८३,११,१६४/- (दुई करोड त्रिरासी लाख एघार हजार एक सय चौसठ्ठी) ठगी कसुर मुद्धामा जाहेरी दरखास्त लेखी पेश गरी मुद्धा दर्ता गराएको थियो । उक्त मुद्दामा प्रहरीले अनुसन्धान कार्य भई रहेकोमा मिति ०८१ असार १७ गते प्रतिबादीहरु जिल्ला बनेपा न.पा.वडा नं. ८ स्थितमा फेला पारी पक्राउ गरी अनुसन्धान कार्य भई रहेको बताइएको छ । 

पक्राऊ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साबिक बनेपा न.पा. वडा नं. ७ हाल परिवर्तित ऐ. बनेपा न.पा. वडा नं. ०८ घरभई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नं.पा.वडा नं. ०८ स्थित बनेपामा रहेको श्रीयुनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष वर्ष ५८ को कृष्ण लाल शुद्दकार र जिल्ला काभ्रेपाञ्चोक बनेपा न.पा.वडा नं. २ बस्ने युनिटी बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष बर्ष ४६ को निरज राजवंशी रहेको प्रहरीले जनाएको छ ।

  • Jigyasa media

थप