Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पोखरामा लागूऔषधसहित दुई व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

पोखरा, कात्तिक ६ – पोखरामा लागूऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीका ३० वर्षीय बल बहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका–४ की ३५ वर्षीया नर कुमारी घर्ती रहेका छन्।

पोखरा महानगरपालिका–२५ हेम्जामा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। सवारी चेकजाँचका क्रममा स्कुटर (ग २५ प ६५८८) रोकी तलासी गर्दा घर्तीको टोपीभित्र लुकाइएको ९३ एम्पुल लागूऔषध फेला परेको हो। प्रहरीले डाईजापाम, फेनेरागन र नुर्फिनका ३१/३१ एम्पुल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।



  • Jigyasa media

थप