Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पप गायक लियाम पेनेको दुःखद निधन, ३१ वर्षको उमेरमा मृत्यु

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाडौं । चर्चित पप ब्यान्ड 'वन डाइरेक्शन'का पूर्व सदस्य लियाम पेनेको ३१ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्ट अनुसार, अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित पालेर्मोको एक होटलमा भएको दुर्घटनामा उनले ज्यान गुमाएका हुन्। प्रहरीको भनाइ अनुसार, लियाम होटलको तेस्रो तलाबाट खसेका थिए। घटना हुँदा उनी होटलको पछाडिको बालकनीमा थिए र होटल व्यवस्थापकले ठूलो आवाज सुनिसकेपछि घटनास्थलमा पुगेका थिए।

प्रहरीले लागूऔषध र रक्सीको लतको शंका गर्दै घटनाको अनुसन्धान गरिरहेको छ। लियामको मृत्युपछि संगीत क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको महसुस गर्दै शोक प्रकट गरिरहेको छ।

लियाम २०१० मा युकेको रियालिटी शो 'द एक्स फ्याक्टर'मा सहभागी भएपछिको चर्चित ब्याण्ड 'वन डाइरेक्शन'का सदस्य थिए। ब्यान्ड २०१६ मा निष्क्रिय भए पनि, पाँच एल्बम निकालेको थियो। ब्यान्डको तेस्रो एल्बम Midnight Memories विश्वभरका लोकप्रिय एल्बममध्ये एक बनेको थियो।

यो दुखद घटना संगीत क्षेत्रका लागि ठूलो क्षति मानिएको छ।


  • Jigyasa media

थप