Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

जाजरकोटमा पहिरोले वडा सदस्यसहित श्रीमान-श्रीमती पुरिए

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

२३ भदौ, सुर्खेत – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेलाई पुरेको छ। गए राति २ बजे खसेको उक्त पहिरोले उनीहरूलाई घरमै पुरेको हो।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार पहिरोमा पुरिएकी उनीहरूको ११ वर्षीया छोरी सम्झनालाई भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको छ। 

हालसम्म प्रेमकुमारी र मानबहादुरको उद्धार गर्न स्थानीय प्रहरी र बासिन्दाहरूले प्रयास जारी राखेका छन् तर सफलता प्राप्त नभएको जानकारी प्राप्त भएको छ।

  • Jigyasa media

थप