Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु’ – मनाङे

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं, २०८१ कार्तिक २३ – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्धको फैसलाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन्। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पाँच वर्ष कैद सजायको पाटन पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि उनी सम्पर्कविहीन भएका थिए।

शुक्रबार जारी गरेको विज्ञप्तिमा मनाङ्गेले सर्वोच्च अदालतको निर्णयको पूर्णपाठ नआएसम्म अदालतमा नजाने बताएका छन्। "फैसलाको नक्कल सार्न कानून व्यवसायीलाई पठाएको थिएँ, तर अदालतबाट संक्षिप्त पाठ नै तयार नभएको जानकारी आयो," उनले विज्ञप्तिमा भनेका छन्। "पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि म अदालतमा स्वयम् उपस्थित हुने जानकारी गराउन चाहन्छु।"

मनाङ्गेले यसअघि नै दुई वर्ष ८ महिना जेल सजाय काटिसकेका छन्। उनलाई अब थप २ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ।



  • Jigyasa media

थप