Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

साउदी अरबमा दुर्घटनामा ज्यान गुमाएका ३ नेपालीको शव स्वदेश पठाइँदै

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

रियाद – साउदी अरबमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली नागरिकको शव नेपाल पठाइने भएको छ।

नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार, पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव फेब्रुअरी २० र २१ तारिखका दिन नेपाल ल्याउने तयारी गरिएको छ। मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियासँगै शव ढिलाइ नगरी पठाउने विषयमा सम्बन्धित कम्पनी र निकायहरूसँग समन्वय गरिएको अधिकारीले जानकारी दिएकी छन्।

सोही दुर्घटनामा गम्भीर घाइते भएका इलामका सुकबहादुर लिम्बुको स्थानीय अस्पतालमा उपचार जारी छ।

गत जनवरी २७ मा साउदीको जिजान सहरस्थित आराम्को रिफाइनरी रोड नजिक कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। घटनामा तीन नेपालीसहित भारतका नौ तथा घानाका तीन गरी कुल १५ जनाको मृत्यु भएको थियो।

मृतकहरू अरेबियन कन्सोलिडेटेड इन्डस्ट्रियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (ACIC) कम्पनीमार्फत जिजानको आराम्को प्रोजेक्टमा कार्यरत थिए। दुर्घटनामा घाइते भएका अन्य ११ जना विभिन्न मुलुकका नागरिक पनि अस्पतालमा उपचाररत छन्।


शोकाकुल परिवारप्रति गहिरो समवेदना!


  • Jigyasa media

थप