Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

अमेरिका र रसियाबीच कालो सागरमा युद्धविरामको सहमति

  •   १ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

काठमाण्डौ । १२ घण्टासम्म चलेको वार्तापछि अमेरिका र रसियाले कालो सागरमा युद्धविराम गर्न सहमति जनाएका छन्। सोमबार साउदी अरेबियामा सम्पन्न वार्तामा दुबै देशले सागरमा सुरक्षित आवागमनको सुनिश्चितता गर्ने निर्णय गरेका हुन्।

सहमतिको मुख्य बुँदा:

कालो सागरमा बल प्रयोग नगर्ने।

व्यावसायिक जहाजलाई सैन्य प्रयोजनमा उपयोग नगर्ने।

रसियाको कृषि तथा मल निर्यातका लागि विश्व बजारमा पहुँच पुनर्स्थापना गर्न अमेरिकाले सघाउने।

ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति।

अमेरिकी ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार यो समझदारी दिगो शान्ति स्थापनाका लागि महत्त्वपूर्ण कदम हुनेछ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसबारे थप छलफल भएको थियो।

युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले आफ्नो देशले पनि यो सम्झौतामा सहमति जनाएको बताएका छन्। यद्यपि, रसियाली अधिकारीहरूले युक्रेनी अडानका कारण संयुक्त वक्तव्य जारी हुन नसकेको दाबी गरेका छन्।

मंगलबार रसिया र अमेरिकाले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरे पनि अन्तिम समयमा यो प्रक्रिया रोकिएको बताइएको छ। युक्रेनी टोलीले मंगलबार अमेरिकी पक्षसँग संक्षिप्त भेटघाट गरे पनि रसियासँग औपचारिक छलफल अघि बढ्न सकेको छैन।


  • Jigyasa media

थप