Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

चितवनमा डढेलोले जलेको वन, जलीरहेका छन् रुखहरू

  •   २ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

चितवन, चैत २६ । “वन संरक्षण केवल जिम्मेवारी होइन, अस्तित्वको सवाल हो” — यही भावनासाथ वातावरण र पारिस्थितिक सन्तुलन जोगाउने अभियानमा सक्रियहरु आज चितवनको डढेलो देखेर स्तब्ध छन्।

चितवन जिल्लाको ५ हजार ४२० हेक्टर वनक्षेत्र डढेलोको चपेटामा परेको छ। डिभिजन वन कार्यालय, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा फैलिएको आगोले प्रकृतिको चिच्याइरहेको आवाजलाई मानव समाजले अझै नसुनेको  बताउँछन।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेल भन्छन्, “सामुदायिक रूपमा झाडी हटाउने नाममा आगो लगाउने परम्परा अझै रोकिएको छैन।” डिभिजनको करिब ४ हजार २२० हेक्टर वन अहिले जलेर खरानी भइसकेको छ। झाडी सफा गर्ने नाउँमा लापरवाही गरिँदा वन्यजन्तुहरू विस्थापित भइरहेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा थप १२०० हेक्टर जमिन जलेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगर का अनुसार, निकुञ्ज क्षेत्रभित्र ८०० र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर जमिनमा आगलागी भएको हो। सेनाको टोली सक्रिय भए पनि स्थानीय समुदायबाटै आगो फैलिनु समस्याको मूल जरो भएको बताइन्छ।

“डढेलो केवल आगो होइन, यो हाम्रो भविष्य जलाउने लापरवाही हो। पृथ्वीलाई सन्तुलनमा राख्ने वन पारिस्थितिकीय चक्रको मेरुदण्ड हुन्। त्यसैले अब हामीले सोच बदल्नुपर्छ, चेतनामा क्रान्ति ल्याउनुपर्छ।”

अब के गर्न सकिन्छ?

डढेलोविरुद्ध सामुदायिक जागरण अभियान थाल्नुपर्छ

विद्यालयस्तरदेखि नै वातावरणीय शिक्षालाई व्यवहारमै उतार्नुपर्छ वन क्षेत्रमा निगरानी र सक्रियता बढाउनुपर्छ




  • Jigyasa media

थप