Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रौतहटमा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर युवकको मृत्यु

  •   २ वर्ष अघि | २३ माघ २०८१, बुधबार

रौतहट, माघ २३ – सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको ज्यान गएको छ।

राजदेवी नगरपालिका–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति विसर्जनका लागि नदीमा गएका बेला अचानक डुबेर बेपत्ता भएका थिए। घटनापछि सुरक्षाकर्मी र स्थानीयबासीले खोजी अभियान सञ्चालन गरेका थिए, जसका क्रममा आज बिहान उनको शव डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।

पानीमुनि रहेको शव माछा मार्ने जालको सहायताले निकालिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप