Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सरकारले गर्यो बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घन्टा गोप्य राखिने

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

काठमाडौं ।  सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। 

विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ। कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लडलाइटमा जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद तथा मन्त्रिपरिषदका विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए।


त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरूलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए। 


बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएका छन्। त्यस्तै एक महिनाभित्र केही फरक देखाउने गरी काम गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताए। त्यस्तै मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घन्टा गोप्य राखिने भएको छ। प्रवक्ता गुरुङका अनुसार कतिपय निर्णय सच्याउनुपर्ने अवस्था आउनसक्नेतर्फ भएकाले २४ घन्टासम्म निर्णय गोप्य राख्न निर्णय गरिएको हो।

  • Jigyasa media

थप