Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

कोप-२९ : राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्रको आयोजना

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२९) मा सहभागी हुँदै नेपालका तर्फबाट एक उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।

सत्रको मुख्य विषय ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ हुनेछ, जसमा नेपालले आफ्नो जलवायु एजेन्डा विश्व समुदायमा प्रस्तुत गर्नेछ। मङ्गलबारको शिखर सम्मेलनमा, राष्ट्रपति पौडेलले हिमालको सुरक्षा पृथ्वीको सुरक्षा भएकाले पर्वतीय मुलुकहरूको समस्याबारे विश्वको ध्यान आकर्षित गर्न आवश्यक रहेको बताउँदै, हिमालको दुरुपयोगले न केवल पर्वतीय मुलुकहरू, बरु तल्लो तटीय मुलुकहरूलाई पनि संकटमा पुर्याउन सक्ने कुरामा जोड दिएका थिए।

राष्ट्रपति पौडेलले माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग जलवायु परिवर्तनको प्रभावका बारेमा छलफल गर्दै नेपाल र माल्दिभ्सले सहकार्य गर्दै जलवायु वार्ता अगाडि बढाउनुपर्ने आवश्यकता व्यक्त गरेका थिए। यस सम्मेलनमा, नेपाल ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सहभागी हुँदै राष्ट्रपति पौडेलको नेतृत्वमा आवाज उठाउन तयारीमा छ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार सम्मेलनमा सहभागी हुन कोप-२९ मा पुगेका थिए। सम्मेलनमा ४० राष्ट्रपतिहरू, ३५ प्रधानमन्त्रिहरू र विभिन्न प्रभावशाली नेताहरू विश्वव्यापी जलवायु सहकार्यका लागि उपस्थित छन्।


  • RSS

थप