Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आज राति उल्का वर्षा चरममा पुग्ने, प्रतिघण्टा ५० देखि १२० उल्का देखिने सम्भावना

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

काठमाण्डौ  । — आज राति उल्का वर्षा विशेष रूपमा देखिने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार 'भूतप' तारामण्डलबाट उत्पन्न यो उल्का वर्षा पुस १३ गतेदेखि नै सक्रिय छ, तर आज राति यसले आफ्नो चरम अवस्था पार गर्नेछ।

उल्का वर्षा प्रकाश प्रदूषण कम भएको खुला आकाशमा सहजै देख्न सकिनेछ। यसलाई हेर्न कुनै विशेष उपकरणको आवश्यकता छैन। प्रतिघण्टा ५० देखि १२० वटा उल्का पृथ्वीको वायुमण्डलमा ७० किलोमिटर माथि चम्किने अपेक्षा गरिएको छ।

उल्का वर्षा पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र साना चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गरी जल्दा उत्पन्न हुन्छ। आजको रात यो खगोलीय घटना खुला आकाशमा एक अद्भुत दृश्य प्रदान गर्नेछ।



  • Jigyasa media

थप